अङ्किताले भनिन्, ‘सुशान्तका लागि शाहरुख र सञ्जयको फिल्म छाडे’
मुम्बई । अभिनेत्री अङ्किता लोखन्डे पर्सनल जीवनको कारणले हमेसा चर्चामा रहने गर्दछिन् । अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अहिले ९ महिना पुगिसकेको छ । कुनै बेला उनी सुशान्तको रिलेशनशिपमा थिइन् । सोही कारण अहिले पनि उनी निशाना पर्ने गरेकी छन् ।
अङ्किताले आफूले सुशान्तका लागि बलिउका केही ठूला फिल्मको अफर छाडेको दाबी गरेकी छन् । यसको अलवा उनले करियरको सुरुवातको दिनको दुःखसमेत शेयर गरेकी छन् ।
एक अन्तरवार्तामा उनले आफुले शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यु ईयर’ समेत छोडेको बताएकी छन् । त्यसको पछाडि कारणको सुशान्तको करियर बनेको हेर्न चाहेको रहेको बताएकी छन् ।
यसको अलवा उनले ‘बाजीराव मस्तानी’ समेत छोडेको उल्लेख गरेकी छन् । ‘निर्देशक सञ्जयलिला भंसालीले मलाई कयौँ पटक फिल्ममा काम गर्न फोन गर्नुभएको थियो,’ उनले भंसालीको शब्द दोहोर्याइन् ‘फिल्म गर, नत्र पछि पछुताउनेछौ ।’ सो समय आफूले विवाह गर्ने बारेमा सोचेको जवाफ दिएको बताइन् ।
उक्त अन्तरवार्तामा अङ्किताले जीवनका दुःख समेत शेयर गरेकी छन् । जसमा उनले १९–२० वर्षको उमेरमा साउथ फिल्मका लागि बोलाएर ‘कम्प्रमाइज’ गर्न भनेको प्रङ्सग समेत बाहिर ल्याइन् । ‘सो समय कोठामा म एक्लै थिए । फिल्म अभिनयका लागि कम्प्रामाइज गर्न भनियो । मैले भने कस्तो कम्प्रमाइज गर्नुपर्यो ? पार्टीमा जानुपर्छ कि डिनरमा ?’ उनले अगाडि थपिन् ‘मलाई निर्मातासँग सुत्न अफर गरियो । मैले त्यहाँ निर्माताको ब्याण्ड बजाए ।’ सो क्रममा आफुले त्यहाँबाट निस्किदै फिल्ममा लिन चाहे पनि नगर्ने बताएको पनि जिकिर गरेकी छन् ।
अङ्किताले टिभी शो ‘पवित्र रिश्ता’बाट करियरकी सुरुवात गरेकी हुन् । सोही क्रममा उनको भेट सुशान्तसँग भएको थियो । यस पछि उनी ‘झलक दिखलाजा’, ‘कमेडी सर्कस’, ‘मर्णिकर्णिका’मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण