नेवारहरुको विश्व सम्मेलन हुँदै
मङ्गलबार, १० चैत २०७७, १८ : ३६
काठमाडौं । नेवारहरूको विश्व सम्मेलन हुने भएको छ । चौथो विश्व नेवार दिवस चिल्लाथ्व चतुर्दशी (चैत १४ गते)को दिन काठमाडौंको वसन्तपुरमा नेवारहरूको विश्व सम्मेलन आयोजना गरिने भएको हो । चौथो विश्व नेवार दिवस आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कोभिड महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन यस वर्ष आयोजना गरिएको जानकारी गराएको छ ।
सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरूको सहभागिता रहने छ । सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने आठजना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने पनि आयोजक समितिले बताएको छ । यस्तै सम्मेलनमा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्विर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट साँस्कृतिक कार्यक्रम प्रस्तुति पनि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण