कंगनाको नयाँ फिल्म ‘थलाइवी’ ट्रेलरः साउथमा प्रशंसा नै प्रशंसा, बलिउडमा सन्नाटा
बलिउड अभिनेत्री कंगना रनौतको नयाँ फिल्म ‘थलाइवी’ को ट्रेलर सार्वजनिक भएको छ । कंगनाको यो फिल्म तमिलनाडुकी पूर्व मुख्यमन्त्री दिवंगत जयललिताको जीवनमा आधारित छ ।
यो फिल्मको ट्रेलर रिलीज भएपछि साउथका चर्चित कलाकारहरुले कंगनाको खुलेर प्रशंसा गरेका छन् । कंगनाको नयाँ फिल्मको पहिलो लुक्स आएदेखि प्रशंसा गरेका साउथका कलाकारले कंगनाप्रति उच्च सम्मान जनाएका छन् ।
यता, बलिउडमा भने कंगनाको फिल्मको विषयमा कसैले कुनै प्रतिक्रिया जनाएका छन् । भर्खरै रिलीज भएको अभिनेत्री आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ को टीजरलाई लिएर अभिनेत्री प्रियंका चोपडा, अक्षय कुमार, करण जौहर, वरुण धवन र नितु कपूर जस्ता सेलिब्रेटीले निकै प्रशंसा गरेका छन् । तर, कंगनाको विषयमा भने कुनै पनि प्रतिक्रिया जनाएनन् ।
कंगना रनौतले बलिउड उद्योगमा नेपोटिज्मको विषयमा आवाज उठाएपछि बलिउडमा थुप्रै कलाकारहरुले यसको विषयमा विरोध पनि गरेका थिए । उनले सीधा आलिया भट्ट लगायतका स्टारका छोराछोरीको विरोध गरेकी थिइन् ।
पछिल्लो समय सुशान्त राजपुतको मृत्युपछि झनै विवादमा आएकी कंगनाले बलिउडमा थुप्रै पटक विभिन्न विषयमा आवाज उठाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
-
निजामती विधेयकबारे कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयबिच टसल
-
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण