कीर्ते गरी अर्काको जग्गा नामसारी गराउने मुख्य अभियुक्त पक्राउ
सुर्खेत । कीर्ते गरी अर्काको जग्गा नामसारी गराउने मुख्य अभियुक्त ठहरिएका कम्प्युटर अपरेटर गणेश विक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विकलाई बिहीबार पक्राउ गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिइ अर्काको नाममा नामसारी गर्न मुख्य भूमिका निर्वाह गरेको भन्दै जिल्ला अदालत सुर्खेतले विक विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
पक्राउ पूर्जी जारी भएको लामो समयसम्म पनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । विक मालपोत कार्यालयमा हाजिर भइ काम गरिरहेको अवस्थामा प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको हो ।
जग्गा नामसारी गराउने कार्यमा संलग्न भएको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुख लक्ष्मी खत्री, सोही कार्यालयका कर्मचारी कमला सापकोटा, कृष्ण थापा, तीर्थ बहादुर महतारा, नापी कार्यालय सुर्खेतका कार्यालय प्रमुख राजेन्द्र थापासहित भीमलाल आचार्य, दिपेन्द्र पुलामीविरुद्व मुद्दा दायर भएको थियो ।
जिल्ला अदालत सुर्खेतले गत फागुन २७ गते जग्गा नामसारी कार्यमा संलग्न मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल राना र अर्काको जग्गा आफ्नो नाममा ल्याएका सहवीर कार्कीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
जिल्ला अदालत सुर्खेतका न्यायाधीश विमलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप साउदसहित ६ जनालाई धरौटीमा रिहा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण