वन मुद्दामा पक्राउ परेका यातायात साधनको पार्टपुर्जा डिभिजन वन कार्यालय सुर्खेत परिसरबाटै गायव
सुर्खेत । वन मुद्दामा पक्राउ परेका यातायात साधनको पार्टपुर्जा डिभिजन वन कार्यालय सुर्खेतको कार्यालय परिसरबाटै गायव हुने गरेको पाइएको छ । वन ऐन २०४९ अनुरुप वनसम्बन्धी कसूरमा पक्राउ परी बरामद भई मुद्दा प्रक्रियामा रहेका यातायातका साधनको पार्टपुर्जा कार्यालय परिसरबाटै गायव हुने गरेका हुन् ।
वनसम्बन्धी विभिन्न अभियोगमा संलग्न भएका सुचारु अवस्थामा रहेका यातायातका साधन बरामद गरिएकोमा हाल डिभिजन वन कार्यालय परिसरबाटै ती यातायातका साधनहरुको चक्का, इन्जिन, हेडलाइट, सिट कभर लगायतका महत्वपूर्ण पार्टपुर्जा गायव भै अस्थिपन्जरको रुपमा पुनः प्रयोगमा नआउने कबाडको अवस्थामा रहेका छन् ,। भने कतिपय पार्टपुर्जा फेरबदल गरिएका पाईएको छन् ।
हाल कार्यालयमा एक ठूलो ट्रक, दुई मिनी ट्रक, एक ट्याक्टर, दुई पावर टे«लर र १२ वटा मोटरसाइकल रहेको डिभिजन वन कार्यालय मुद्दा फाँटका कर्मचारी इक्षा भण्डारीले रातोपाटीलाई जानकारी दिइन् ।
यी यातायातका साधन राखिएको ठाउँमा २४ सै घण्टा सशस्त्र वन रक्षकको ड्युटी तैनाथ रहन्छ भने सो क्षेत्रभित्रै कार्यालय प्रमुखको बस्ने आवास (क्वाटर) रहेको छ । चौविसै घण्टा निगरानी रहने ती यातायातका साधनको पार्टपुर्जा गायव हुँदा उनीहरु बेखबर बनेका छन् ।
डिभिजन प्रमुख गोविन्द दाहालले भने–‘कुहिएर, सडेर जाने पार्टपुर्जा हरायो होला । अरु सामान जस्तो अवस्थामा बरामद गरिएको हो त्यस्तै छ ।’यद्यपी चलिरहेको अवस्थामा बरामद गरिएका यातायातका साधन डिभिजन वन कार्यालय परिसरमा थन्काइएको अवस्थामा अस्थिपन्जरमात्र भेटिनु रहस्यमय बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण