माधव पक्षका सांसद आज बालुवाटार जाँदै
शुक्रबार, १३ चैत २०७७, १० : ३०
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव पक्षका सांसदहरुसमेत सहभागी हुने भएका छन् । यसअघिको दलको बैठकमा उनीहरु सहभागी भएका थिएनन् ।
माधव पक्षका सांसद सुरेन्द्र पाण्डेले आज बस्ने दलको बैठकमा आफ्नो पक्षका सांसदहरु पनि सहभागी हुने जानकारी दिए । ‘आजको दलको बैठकमा हामी जान्छौ । अस्तिको बैठकमा भेला भएकाले जान सकेनौँ,’ पाण्डेले रातोपाटीसँग भने ।
आजको बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा तय भएका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
