आगो निभाउने क्रममा एक महिलाको जलेर मृत्यु
शुक्रबार, १३ चैत २०७७, १८ : ४७
सुर्खेत । रुकुम पश्चिमको बुकीबारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–१० गारावाङमा आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनी दमाईको मृत्यु भएको प्रहरीले बताएको छ ।
आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँलेसँगै आगो निभाउन खटिएकी सर्केनीलाई आगोले भेटेको थियो । त्यस्तै स्थानीय गगन जैसीको गोठ जलेर नष्ट भएको छ । बिहीबार वडाको राजीखेत भन्ने ठाउँबाट सुरु भएको आगो आधा दर्जनभन्दा बढी जंगलमा फैलिएको स्थानीयबासीले बताएका छन् । आगो गाउँतिर फैलिएपछि स्थानीय त्रसित बनेका छन् । आगो नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले प्रयास जारी रहेको पनि बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण