भ्रष्टाचारलाई नियमन गर्न लोकपाल गठन गर्न सुर्खेती युवाको माग
सुर्खेत । सुर्खेती युवाहरुले लोकपाल गठन गर्न माग गरेका छन् । उनीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर लोकपाल गठन गर्न माग गरेका हुन् । उनीहरुको माग पत्रमा भनिएको छ ,‘विकास निर्माणमा भैरहेको ढिलासुस्ती, गुणस्तरहीनता र नीतिगत भ्रष्टाचारलाई नियमन गर्न लोकपाल गठन गर्न माग गरिएको हो ।’
युवाहरुले प्रमुख जिल्ला अधिकारी छवि रिजालमार्फत जिल्ला भित्र प्रशासनको अगुवाइमा नागरिक अगुवा, राजनैतिक दलका अगुवा तथा पत्रकारसहितको लोकपाल गठन गर्न मा गरेका छन् ।
प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका भित्र लागूपदार्थ दुर्व्यसन, तस्करी र अशान्ति बढ्नु चिन्ताजनक हो ,’ पत्रमा भनिएको छ ,‘ मालपोत, यातायात कार्यालयमा समेत सेवाग्राहीले सास्ती पाएका कारण जनशक्ति थप्न र प्रविधिमैत्री बनाउनुपर्छ ।’
राजिभ जंग शाही, कमल कटवाल, राज रावत, माधव सिजाली र कमल शाही लगायतका यूवा जिल्ला प्रशासन कार्यालयस्थित प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका थिए । साथै उनीहरुले वीरेन्द्रनगर नगरपालिका –३ र १० मा अस्थायी प्रहरी बिट राख्नुपर्ने पनि माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण