भारतीय राष्ट्रपति अस्पताल भर्ना

एजेन्सी । भारतका राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार अस्पताल भर्ना भएका छन् । छातीमा सामान्य समस्या महसुस गरेपछि उनलाई नयाँ दिल्लीस्थित सैनिक अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । अस्पतालले उनको अवस्था सामान्य र स्थिर नै रहेको जनाएको छ । ‘राष्ट्रपति कोविन्द अस्पताल आउनुभयो, उहाँले आज विहान छातीमा असजिलो महसुस गरेपछि उहाँलाई अस्पताल ल्याइएको हो’ अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
राष्ट्रपति कोविन्द अझै पनि चिकित्सकहरुको निगरानीमै रहनु भएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि बङ्गलादेश गएकै दिन राष्ट्रपति कोविन्द अस्पताल भर्ना भएका हुन् ।
विदेश भ्रमणमा रहेपनि प्रधानमन्त्री मोदीले राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा चासो राखेका थिए । उनले राष्ट्रपतिका छोरासँग उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । प्रधानमन्त्री मोदीले राष्ट्रपतिका छोरासँग उनको अवस्थाका बारेमा कुराकानी गर्नुभएको प्रधानमन्त्री कार्यालयले पनि पुष्टि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगे भारतीय वातावरण मन्त्री
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य
-
चेक बाउन्सको मिलापत्रबारे सरकारी वकीललाई महान्यायाधिवक्ता कार्यालयको सर्कुलर
-
महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ?
-
जिप दुर्घटना हुँदा दुई जना घाइते