बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रह्माण्डको ५ औं सबैभन्दा चम्किलो ग्यालेक्सी

शनिबार, १४ चैत २०७७, १० : ३८
शनिबार, १४ चैत २०७७


नासाले आफ्नो आधिकारिक इन्स्टाग्राममा ब्रह्माण्डमा अहिलेसम्म देखिएको पाँचौं सबैभन्दा चम्किलो ग्यालेक्सीको तस्वीर सेयर गरेको छ । नासाका अनुसार यस  ग्यालेक्सीको बीचमा  धूलोको अपार भण्डार रहेको छ  । यसबाहेक यसको केन्द्रमा रहेको  एउटा महाविशालकाय (सुपर म्यासिभ )  ब्ल्याक होलबाट जेट पनि निस्किरहेको छ । सेन्टारस ए  -Centaurus A)​  वा सेन ए  (Cen A वा एनजिसी ५१२८ NGC 5128)​ नामले चिनिने यो ग्यालेक्सी पृथ्वीबाट १.२ करोड प्रकाश वर्ष टाढा अवस्थित छ ।


यसलाई पृथ्वीबाट सबैभन्दा नजिकको रेडियो ग्यालेक्सी मानिन्छ । यसबाट आउने प्रकाशको हरेक वेबलेन्थले केही बेग्लै  बताइरहेको हुन्छ । यो पृथ्वीको दक्षिणी गोलार्द्र्धबाट सबैभन्दा स्पष्ट देखिन्छ ।


सेन्टारस ए ग्यालेक्सीको  तस्वीरमा कालो धुलोले भरिएको लामो श्रृङ्खलामा  केही निलो युवा तारा पनि देखिएका छन् । जो एकआपसमा एकले अर्कोलाई बीचबाट काटिरहेको जस्तो देखिन्छ । पहिलो तस्वीर ग्यालेक्सीको एक चौथाइ हिस्साको हो जो व्यवसायिक तथा शौखिन खगोलविदको संयुक्त  प्रयासको उपलब्धि हो । यसमा गैर व्यावसायिक टेलिस्कोपबाट प्राप्त अप्टिकल आँकडासमेत सामेल गरिएका  छन्  । तस्वीर बनाउनमा  नासाको पुराना अभियानको आँकडालाई पनि सामेल गरिएको छ ।


नासाका अनुसार  हन्ट्सविलेमा रहेको उसको मार्शल स्पेश फ्लाइट सेंटरले साइन्स मिशन डाइरेक्टको चन्द्रा कार्यक्रम (Chandra Programme)​ नियन्त्रित गर्छ । यसै गरी क्याम्ब्रिजको  स्मिथसन एस्ट्रोफिजिकल आर्वजेटरीले  चन्द्रा कार्यक्रमको साइन्स तथा फ्लाइट अपरेशन्स नियन्त्रण गर्ने गर्छ ।

सेन्टारस ए ग्यालेक्सीलाई दुर्इ  विभिन्न ग्यालेक्सीको ठक्करको परिणाम मानिन्छ जसकारण यसले यो अनौठो आकृति प्राप्त भएको हो । ग्यालेक्सीको केन्द्रको नजिक रहेका खगोलीय  अवशेष लगातार ब्ल्याकहोलको मुखमा  गइरहेका छन्  ।

सेन्टारस ए ग्यालेक्सीको केन्द्रमा रहेको महाविशाल  बल्याकहोलको द्रव्यमान हाम्रो सूर्यभन्दा अर्वौं गुना बढी रहेको छ। सक्रिय ग्यालेक्सी भएका कारण यसबाट रेडियो, एक्सरे र गामा विकिरणको उत्सर्जन भइरहेको छ । यसका साथै ग्यालेक्सीको केन्द्रमा रहेको ब्ल्याक होलबाट एक्सरे र रेडियो तरङ्ग जेट उत्सर्जित हुन्छन् ।  यो एक्सरे जेट हजारौं प्रकाश वर्ष लामो छ भने रेडियो जेट लाखौं प्रकाश वर्ष लामो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप