बदलिन सक्छ चीनको इतिहास

चीनको दक्षिण पश्चिम भागमा गरिएको एउटा खोजमा पुरातत्वविदले रहस्यमय खजाना भेटेका छन् । यसको सम्बन्ध कुनै अज्ञात सभ्यतासँग रहेको अनुमान गरिएको छ । यस खजाना बारे इतिहास जान्न सकिएको खण्डमा चीनको इतिहाससमेत बदलिन सक्ने अनुमान गरिएको छ ।
पुरातत्वविदले खोजमा एउटा सुनको मुकुट प्राप्त गरेका छन् । जो प्राचिन सभ्यताको पुजारीको हुनसक्ने अनुमान गरिएको छ ।
यस खजानाको खोज सिचुआन प्रान्तको गुआनघान स्थित शानक्सीगदुइ पुरातत्वस्थलमा गरिएको थियो । खोजबाट प्राप्त खजाना कुनै एकदमै विकसित सभ्यताको हिस्सा मानिएको छ जुन हजारौं वर्षसम्म अस्तित्वमा रहेको थियो ।
चीनको सरकारी अधिकारी तथा खोजकर्ताका अनुसार चीनको ज्ञात इतिहासमा यस्तो कुनै सभ्यताको बारेमा उल्लेख छैन । खोजकर्ताले उक्त खोज सन् २०१९ मा शुरु गरेका थिए ।
पुरातत्वविदले यो खोजबाट सुन, पित्तल, जेड तथा हात्तिको दाँतबाट बनेको पाँचसय कलाकृति प्राप्त गरेका थिए । यो सबै कलाकृति तीन हजार वर्ष भन्दा बढी पुरानो हुनसक्ने अनुमान गरिएको छ ।
खोजमा पुरातत्वविदले एउटा सुनको मास्क पनि प्राप्त गरेका छन् । यसलाई त्यस समयको पुजारीले लगाउने गरेको मानिएको छ । यी सबै अवशेष ३.५ देखि १९ वर्गमिटरको क्षेत्रफलमा प्राप्त भएका छन् । यस खोजले शू सभ्यताको बारेमा महत्वपूर्ण जानकारी प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण