चितुवा र रेडपाण्डाको छाला सहित ८ जना पक्राउ
सुर्खेत । दैलेखमा चितुवा र रेडपाण्डाको छाला सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार विहान ३ बजेतिर नौमुलेबाट दैलेख बजारतर्फ वन्यजन्तु ओसार–पसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा नारायण नगरपालिका वडा नं. ३ खुर्सानीबारी पिपल चौतारा नजिकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्यूरोको टिम र दैलेख प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्रजीत सुनारको कमाण्डमा खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको दैलेख प्रहरीले रातोपाटीलाई जानकारी दियो ।
कर्णाली प्रदेश ०२००१ ज ००३६ नम्बरको डबल क्याप बोलेरो जिपमा नौमुले गाउँपालिका–२ देखि दैलेख बजार (नारायण नगरपालिका) तर्फ आईरहेको अवस्थामा गाडीलाई चेकजाँच गर्दा बन्यजन्तुका छाला बरामद गरी वन्यजन्तु ओसार–पसार गरिरहेको पाईएको हो,’ प्रहरी निरीक्षक सुनारले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा नौमुले गाउँपालिका– ३ नाउँले बस्ने बर्ष ५१ को धन बहादुर मगर, वडा नं.–१ लेली बस्ने बर्ष ३३ को कबिराम अधिकारी, वडा नं.– ४ बस्ने बर्ष १९ को गाडीको चालक रोशन बस्नेत, वडा नं.– २ बस्ने डिल बहादुर पुरीको छोरा बर्ष ३३ को धन बहादुर पुरी, वडा नं.– ३ बस्ने बर्ष २२ को दल बहादुर खत्री, २ मै बस्ने बर्ष ४५ को हस्त बहादुर थापा रहेका छन् ।
यस्तै भगवतीमाई गाउँपालिका वडा नं. १ बस्ने बर्ष २७ को गोबिन्द थाप र २ नम्बर वडामा बस्ने बर्ष ५६ को धन बहादुर रावतलाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण