बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

होली घरपरिवारभित्रै मनाउन स्थानीय प्रशासनको आग्रह

शनिबार, १४ चैत २०७७, १६ : १४
शनिबार, १४ चैत २०७७

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले होली पर्व घरभित्रै परिवारजनसँग सीमित रहेर मनाउन  आग्रह गरेको छ ।  
कोभिड–१९ कोरोना भाइरसले गर्दा  परिस्थिति असहज बनाइ दिएकाले प्रशासनले घरपरिवारभित्रै होली मनाउन आग्रह गरेको हो ।  
शनिबार एक सूचना जारी गर्र्दै प्रशासनले कोरोना रोगको प्रकोप फेरि बढ्दै गएकाले  भिडभाड नगर्न समेत आम नागरिकलाई आग्रह गरेको छ । 
साथै  मास्क तथा  सेनिटाइजरको प्रयोग गर्न समेत आग्रह गरेको छ।  होली पर्व पहाडी क्षेत्रमा आइतबार मनाइँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप