केपी ओली केही पनि होइनन्, गुटको अर्को नाम मात्रै होः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू लोकतन्त्रको मूल्य मान्यताका लागि कटिबद्ध रहेको बताएका छन् । उनले जनताको मुक्तिका लागि आफूहरु निरन्तर लागिपर्ने पनि बताए । केपी ओली पार्टीभित्रको समस्या भएको भन्दै नेपालले आफू समाधान भएकाले केपी ओली एण्ड कम्पनीले आफूलाई गरेको कारबाहीको अर्थ नभएको प्रतिक्रिया दिए । युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता नेपालले भने, ‘केपी ओली त केही पनि होइनन् । न आन्दोलन न संगठन । केपी ओली भनेको गुटको अर्को नाम मात्र हो । माधव नेपाल समाधान हो ।’
उनले उनले केपी ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने भन्दै आफूहरुले फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलालाई उचित नमानेपनि मान्न बाध्य भएको बताए । ०७५ जेठा भन्दा पहिलेको बिन्दुमा ओली आएमा र फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिएमात्रै ओलीसँग सहकार्यको सानो त्यान्द्रो बाँकी रहेको उनले बताए । ‘उहाँ सुध्रिनु्हन्छ भने लाग्दैन । तर आशाको सानो त्यान्द्रो भने बाँकी छ ।’ उनले भने ।
नेपालले संगठन बनिसकेपछि सडकमा बसिरहने कुरा नआउने भन्दै देशभरीका कार्यकर्ताले के भन्छन् त्यही आधारमा अघि बढिने बताए । उनले केपी ओलीले आफूलाई निकाल्ने हैसियत नराख्ने पनि बताए । ‘कारबाही अर्थहीन छ भनेर हामीले भनिसकेका छौं । हामी त्यसलाई महत्व पनि दिँदैनौँ’ उनले भने, ‘पार्टीमा उहाँले मलाई सदस्यता दिएको होइन । नेकपा माले एमाले बनाउन उनको भूमिका छैन । मलाई केपी ओलीले निकाल्ने ? त्यो कसैले सोच्न सक्छ ?’
त्यसअघि युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलन धरासायी पार्न खोज्नेहरूले अध्ययनमा जोड नदिएको बताए । उनले विद्यार्थी तथा युवाले पढाइसँगै आन्दोलनलाई गति दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘विद्यार्थीले पढ्नैपर्छ, कम्युनिस्ट आन्दोलन धरासायी पार्न खोज्नेहरूले विद्यार्थीले पढ्ने होर भन्छन् । तर म भन्छु, पढाइ सँगसँगै आन्दोलनलाई गति प्रदान गरिनुपर्छ । अध्ययन गर्ने काम युवाहरुको हो, विद्यार्थीको हो । ज्ञान एकचोटी हासिल गरेर सकिँदैन । ज्ञान निरन्तर लिइरहनुपर्छ । ज्ञानले चेतनाले चेतनाले शक्ति प्रदान गर्दछ ।’ उनले आन्दोलनलाई जोगाउने काम युवा विद्यार्थीको काँधमा आएको पनि बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको गुनासोपछि मन्त्रालय तानिए महोत्तरीका प्रजिअ कवारी
-
बैतडीको पाटनबाट दोस्रो चरणको जागरण अभियान सुरु गर्ने माओवादीको तयारी
-
निःशुल्क घोषणा गरिएको हेमोफिलियाको औषधि नेपाल आइपुग्यो
-
प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ आयोजना हुँदै
-
मण्डला थिएटरमा ‘कथा-एक’ नाटक मञ्चन, तस्बिरहरू
-
धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको शुभारम्भ