वीरेन्द्रनगरमा चैते कालो धान रोप्न थालियो
सुर्खेतको वीरेन्द्रनगरमा चैते कालो धान रोप्न सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० भवानुपुरमा मंगलबारदेखि चैते कालो धान रोप्न थालिएको हो ।
रोपाइँको शुभारम्भ कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले गरेकी हुन् ।
झण्डै तीन विगाहा जमिनमा यो बर्ष कालो धान रोप्ने तयारी छ ।
स्थानीय कृषक मुरारीजंग थापाका अनुसार गत बर्ष २८ कट्टा खेतमा रोपिएको धानमा ४० क्विन्टल उत्पादन भएको थियो ।
जसका उनले २० क्वीन्टल चामल विक्री भएको बताए ।
उनका अनुसार कालो धानको माग काठमाडौं, नेपालगन्ज लगाएका शहरहरुबाट आइरहेको छ ।
थापाले भने,‘ प्रति क्वीन्टल ४० हजारका दरले कालो चामल होलसेल मूल्यमा विक्री हुन्छ।’ चामल विक्री गर्न बजारको कुनै पनि समस्या छैन । प्रति किलो पाँच सय रुपैंयाको दरमा विक्री गर्दै आइरहेको छु ।’
सुरुमा ७ लाख रुपैंया सुरु गरेको लगानी अहिले आयर २० लाख पु¥याइ सकिएको छ ।
‘कालो चामलको बाली रोग मुक्त कर्णाली’ भन्ने मुल नाराका साथ यो बाली लगाउन थालिएको हो ।
धान रोपाइँको शुभारम्भ गर्दै मन्त्री केसीले कालो धान रोपाईको काम प्रदेश भर विस्तार गर्नुपर्ने बताइन् ।
केसीले भनिन् ,‘कालो धान पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । कृषि क्षेत्रमा युवालाई प्रोत्साहन गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकार सहयोग गर्ने तयार छ।’
कालो धान ‘जी–६० ब्ल्याक राइस’ उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता तयार गर्ने विज्ञको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण