ह्यारी केनले बनाए सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान
एजेन्सी । ह्यारी केनले इङल्यान्डका लागि सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान बनाएका छन् । केनले पोल्यान्डविरुद्ध बुधबार पेनाल्टीमार्फत गोल गरेका हुन् । यससँगै पेनाल्टी स्पटबाट उनले गरेको गोलसंख्या १० पुुग्यो । यसअघि फ्रयाङ्क लाम्पार्डको नाममा सर्वाधिक धेरै पेनाल्टी गोल गर्ने कीर्तिमान थियो । उनले ९ पटक पेनाल्टी गोल गरेका थिए ।
बिम्बलीमा भएको विश्वकप छनोटमा केनले १९ औं मिनेटमा गोलको खाता खोले । त्यसपछि ५८ औं मिनेटमा पोल्याण्डका जाकुव मोडरले बराबरी गोल फर्काए । यद्यपी, ह्यारी मगुइरले अन्त्यतिर गोल गर्दा इङल्यान्डले २–१ को अग्रता लियो । यससँगै इङल्यान्डले कतार विश्वकप २०२२ का लागि खेलेको छनोट चरणका तीनवटै खेलमा जित हासिल गर्यो ।
टोट्टेनह्यामका स्ट्राइकर केनले पछिल्ला वर्ष इङल्यान्डका लागि निकै उत्कृष्ट खेलिरहेका छन् । उनले कुल ५३ खेलमा २४ गोल गरेका छन् । त्यसमध्ये युरोपेली च्याम्पियनसिप र विश्वकप छनोट खेलका २१ खेलमा उनले २२ गोल गरेका छन् भने ८ पटक एसिस्ट गरेका छन् ।
इङल्यान्डका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान भने वाइनी रुनीको नाममा छ । रुनीले ५३ गोल गरेका छन् । यस सूचीमा केनको नाम छैटौं स्थानमा छ । दोस्रो स्थानमा बब्बी चाल्र्टन, तेस्रो स्थानमा गेरी लिनेकर, चौथो स्थानमा जिम्मी ग्रिभ्स र पाँचौ स्थानमा माइकल ओवेन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण