बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सुर्खेतमा कोरोना संक्रमण बढ्यो, १५ जनामा परीक्षण गर्दा १० जना संक्रमित

बिहीबार, १९ चैत २०७७, १९ : २५
बिहीबार, १९ चैत २०७७

सुर्खेत । कर्णालीमा दोश्रो लहरको कोरोना भाइरस संक्रमण बढेको छ । सुर्खेतको वीरेन्द्रनगरमा १५ जनामा पिसिआर बिधिबाट परीक्षण गर्दा १० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएको हो ।

बिहीबार १५ जनाको पीसीआर परीक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । कोरोना संक्रमण पुष्टी हुने १० जनामध्ये २ दैलेख र १ काठमाडौंबाट सुर्खेत फर्किएका व्यक्ति भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए । 

‘कोरोना संक्रमण पुष्टी भएका ट्राभल हिस्ट्री ३ जनाको मात्रै रहेको छ ।’ उनले भने, ‘अरु सबै स्थानीय नागरिक हुन् । विदेशी भूमिबाट आएका हैनन् ।’ संक्रमित सबै वीरेन्द्रनगर नगरपालिकामै बसोबास गर्ने गरेको, केही संक्रमित वीरेन्द्रनगरमै कार्यरत सुरक्षाकर्मी रहेको वाग्लेले बताए । ‘संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।’

उनले भने, ‘उनीहरुलाई होम आइसोलेसनमै बस्न आग्रह गरिएको छ । उनीहरुमा कोरोनाको कुनै लक्षण छैन ।’ पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको यसबाट सचेत रहन सबैलाई आग्रह गरिएको वाग्लेले बताए । ‘दोश्रो लहरको कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।’

उनले भने, ‘भिडभाड र भेला लगायतका अन्य काम नगर्न आग्रह गरिएको छ ।’ कर्णाली प्रदेशमा १० जिल्लामध्ये नौ जिल्लामा कोरोना संक्रमितको संख्या शुन्य रहेको र सुर्खेत जिल्लामा मात्र कोरोना संक्रमित संख्या १३ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप