कर्णालीमा माधव नेपाल समूहले पनि छाड्यो मुख्यमन्त्री शाहीको साथ
सुर्खेत । नेकपा एमालेबाट कर्णाली सरकारमा रहेका तीन जना मन्त्रीले राजीनामा दिने भएका छन् । यसअघि एमालेको माधव नेपाल समूहले मुख्य मन्त्री शाही नेतृत्वको सरकारलाई साथ दिँदै आएकोमा हाल आएर सो समूहले पनि साथ छाडेको हो ।
यससँगै आज बसेको एमाले संसदीय दलको बैठकले सरकारमा सहभागी बनेका तीन जना मन्त्रीलाई सोमबारसम्म राजीनामा गराउने निर्णय गरेको छ ।
एमालेले तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको प्रक्रियामा सहज वातावरण बनाउने निर्देशन दिएको छ ।
सोही अनुसार तीनै जना मन्त्रीले राजीनामा दिने प्रतिवद्धता जनाएको बताइएको छ।
सांसद सुशिल थापाका अनुसार मन्त्रीहरुले भोलि बेलुका सम्ममा राजीनामा दिइसक्ने गरी निर्णय भएको रातोपाटीलाई जानकारी दिए ।
एमालेबाट सरकारमा सामाजिक विकास मन्त्री दल रावल, अर्थमन्त्रीमा प्रकाश ज्वाला, उद्योग पर्यटन तथा वातावरण मन्त्रीमा नन्दसिंह बुढा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण