इँटा बोक्दै पूर्वगृहमन्त्री जनार्दन शर्मा
पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम पश्चिममा श्रमदानबाट निर्माण भइरहेको जनविकास माध्यामिक विद्यालयमा श्रमदान गर्न पुगेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र समेत रहेको रुकुम पश्चिममा ‘बनाऊ आफ्नो गाउँ, समानता ल्याऔं, गरिबी हटाऔं’, नारासहित प्रत्येक दिन २०० जना श्रमकर्ता सहभागी भएर चारवटा भवन (१६ कोठा)निर्माण भैरहेको छ ।
आठबीसकोट नगरपालिका वडा नम्बर १० घारिखोला पुगेर श्रमकार्यमा सहभागी भएको माओवादी केन्द्रका नेता समेत रहेका शर्माले जानकारी दिए ।
उक्त भवन निर्माणका लागि देश तथा विदेशमा बस्ने नेपालीहरुले ४९ लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त भवन निर्माण गर्न १ करोड ६२ लाख लागत लाग्ने भएकाले बाँकी रकम नगरपालिका र जनश्रमदानबाट जम्मा गर्ने तयारी छ ।
रुकुम पश्चिममा कोभिड महामारीका समयमा पनि शर्माको अगुवाईमा १० दिनमा आइसोलेशन भवन बनाइएको थियो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण