सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट
शुक्रबार, २७ चैत २०७७, ०८ : ४७
पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् ।
बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो ।
आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आंशिकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए । उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।
“बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका हुन्”, वडाध्यक्ष कार्कीले भने, “प्रहरी र स्थानीयवासी खटिएपछि अहिले आगो निभाइएको छ ।” सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरुलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले आम्दानीमा देखाउन पाउने
-
ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
-
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण