तनहुँको मादी पुलको काम धमाधम
सारांश
- मादी पुलको ८६% भौतिक प्रगति पूरा भएको छ।
- निर्माण सम्पन्न गर्न ३०० दिन म्याद थप गरिएको छ।
- यो नेपालकै पहिलो एकल मोनोलेथिक स्ट्रक्चरयुक्त पुल हो।
तनहुँ । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको दमौलीमा निर्माण भइरहेको चार लेनको मादी पुलको भौतिक प्रगति ८६ प्रतिशत बराबर पुगेको छ । बाँकी कामका लागि ३०० दिन म्याद थप गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) आयोजनाले जनाएको छ ।
चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि काम पूरा हुन नसकेपछि समय थप गरिएको हो । आयोजनाका अनुसार पुल निर्माणको म्याद २०८४ वैशाख १६ गतेसम्म कायम भएको छ ।
व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम धमाधम भइरहेको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार केही दिनअघि म्याद थपका लागि गरिएको सिफारिसअनुसार पूर्वाधार विकास मन्त्रालयले समय थप स्वीकृत गरेको हो ।
पुल निर्माणका लागि २०७९ साउन २६ गते अनक जेभीसँग सम्झौता भएको थियो । ३१५ मिटर लामो पुलमा पाँच वटा स्पान रहनेछन् । पुलका दुवैतर्फ दुई–दुई वटा प्रिस्टे«स्ड बक्स गर्डर स्पानको काम सम्पन्न भइसकेको छ ।
इञ्जिनियर पाण्डेका अनुसार फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको अधिकांश काम पूरा भइसकेको छ । एकतर्फको आर्क निर्माण सम्पन्न भइसकेको छ भने अर्कोतर्फको काम जारी छ ।
रु एक अर्ब २१ करोड लागतमा निर्माण भइरहेको यो पुल २३ मिटर चौडाइको हुनेछ । यो नेपालकै पहिलो एकल मोनोलेथिक स्ट्रक्चरयुक्त पुल भएको आयोजनाले जनाएको छ ।
पृथ्वी राजमार्गमा निर्माण भइरहेको यो पुल चार लेनको आर्क डिजाइनमा आधारित छ । हाल सञ्चालनमा रहेको दुई लेनको मादी पुल ३७० मिटर लामो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण