कोमलले आफैं गरिन् आफ्नै सुन्दरताको तारिफ
काठमाडौंँ । राष्ट्रियसभा सदस्य तथा गायिका कोमल ओलीले आफ्नो सुन्दरताको तारिफ आफैंले गरेकी छन् । जमलस्थित सिल्क फेसनले शनिबार आयोजना गरेको सातौं वार्षिकोत्सवमा अतिथिको रुपमा पुगेकी ओलीले आफ्नो सुन्दरताको तारिफ आफैंले गरेकी हुन् ।
कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा ओलीले आफु सिल्क फेसनसँग पहिले देखिनै जोडिएको बताइन् । ‘म शुरुदेखि नै यो फेसन हाउससँग जोडिएकी छु । यहाँका कस्ट्युम फिट र राम्रा छन्’, कोमलले भनिन् ‘यहाँको फेसमा मैले आफुले आफुलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु । वाह कोमल ओली तिमी कति राम्री छौ भन्छु ।’ ‘आफैंले आफैंलाई प्रेम गर्न सकिएन भने अरुलाई पनि दिन नसकिने बताएकी ओलीले आँखाहरूलाई ईर्ष्यालु नबनाउन आफैंलाई हेरेर दंग पर्नुपर्ने धारणा राखेकी थिइन् । नेपाली डिजाइनका कस्ट्युमहरु विकसित देशमा महिला तथा पुरुषहरुले समेत लगाउन थालेको ओलीको भनाई रहेको थियो ।
कार्यक्रममा सिल्क फेसनकी सञ्चालक श्रृजना पोखरेलले विगत सात वर्षदेखि सेलिब्रेटी तथा सर्वासाधारणको रोजाइमा सिल्क फेसन पर्न सफल भएको बताइन् । गायिका सुनिता दुलालले आफु सिल्क फेसनको पहिलो ब्राण्ड एम्बेसडर भएको सम्झना गर्दै डिजाइन र गुणस्तरको समेत तारिफ गरिन् ।
कार्यक्रममा कलाकार हरिवंश आचार्यकी पत्नी रमिला आचार्य, सौन्दर्यविद रश्मिला श्रेष्ठ, व्यावसायी सपना थापा, शिक्षाविद उर्मिला बस्नेत, समाजसेवी कल्पना क्षेत्री र फेसन व्यावसायी शैलजा अधिकार, गायिका सहिमा श्रेष्ठ तथा मोडल खुम्बु खड्काको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण