करेन्ट लागेर एकै परिवारका दुईको मृत्यु
मकवानपुर । हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकमा घरको बिजुलीको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर एक दम्पत्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षका समिर पाख्रिन र उनको श्रीमती ३० वर्षकी अन्शु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
बिजुलीको पोलबाट घरको मिटर बक्समा लागेको तार भुईंमा लत्रिएको र उक्त तारलाई व्यवस्थापन गर्न फलामको डन्डिले उठाउने क्रममा थ्री फेस लाइनमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका दुबैजनाको उपचारको क्रममा सोमबार बिहान ९ः१६ बजेको समयमा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रवक्ता रिमालले बताए ।
शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण