काँग्रेसका वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक शोकमा परेका छन् । उनको माइला भाइ गोविन्दराज पौडेलको ७५ वर्षको उमेर आज चितवनको रत्न नगरस्थित आफ्नै निवासमा निधन भएको हो ।
व्यास नगरपालिकाको २९ औं पदस्थापन दिवसको कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ नेता पौडेल भाइको निधनको खबर पाएलगत्तै चितवन गएका छन् । उनले सामाजिक सञ्जालमार्फत भाइको निधनले आफु एक्लो भएको उल्लेख गरेका छन् । ‘नाताले भाइ भए पनि मेरो साथी जस्तै गरी सबै कुरामा साथ सहयोग पाउँदै आएको थिए । राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गर्दै आएका भाइको निधनबाट मैले आफूलाई एक्लो महसुस गरेको छु”, नेता पौडेलले शोक सन्देशमा उल्लेख गरेका छन् ।
पौडेलको निधनप्रति नेपाली काँग्रेस तनहुँले दुःख व्यक्त गरेको छ । पार्टीका जिल्ला सभापति बैकुण्ठ न्यौपानेले असल अभिभावक गुमाउनुपर्दा पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । स्व.पौडेलका श्रीमती बन्दना, छोरा अनिल तथा छोरीद्वय शान्ता हुमागाईं र कान्ता हुमागाईं रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक
-
प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर २ बजेका लागि सर्यो
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल
-
लम्बियो प्रतिनिधिसभा बैठक बस्ने समय
-
संसद् रङ्गमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत
-
राजाभन्दा धनी प्रधानमन्त्री छन् यस देशमा