धुलिखेलमा पोलमा बाँधेर कुकुरको हत्या प्रकरण, प्रहरी भन्छ–‘अनुसन्धान गर्दैछौँ’
काठमाडौं । धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । घटना चैत १८ मा भएको हो । बिजुलीको पोलमा कुकुरलाई बाँधेर दुईजना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको हत्या गरेको देखिन्छ ।
सामाजिक सञ्जालमा सो भिडियो अपलोड भएपछि जनावर प्रेमीहरूले कुकुर मार्नेलाई कारवाही गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरेका छन् । प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ । ‘सडक कुकुरलाई मारेको भनिएको छ’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले रातोपाटीसँग भने–‘हामी अनुसन्धान गरिरहेका छौँ ।’
८ वर्षको बालकलाई टोकेपछि उनका आफन्तले कुकुर मारेको भनिएको छ । चैत २९ मा जनावर प्रेमी सिर्जना पञ्जिायर सहिको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले कुकर मार्नेलाई कारवाही गर्नका लागी प्रहरीमा उजुरी दिएका छन् ।
कुकुरको हत्या गरेको भिडियो भाइरल भएपछि काठमाडौँबाट गएको एउटा समूहले कुकुरले टोकेको बच्चा बस्ने घरमा तोडफोड गरेका छन् । बालकको बुवा विदेशमा छन् । आमासँग बस्ने बालकलाई सो समूहले अमानवीय व्यवहार गर्दै घरको सिसा फुटाएको डिएसपी खतिवडाले बताए ।
‘कुकुर मार्ने मान्छे निकाल’ भनेर बालकलाई अमानवीय व्यवहार गरेर तोडफोडमा उत्रिएपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो । तोडफोड गर्ने समूहबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । कुकुरको हत्या गर्नेलाई ५ हजार जरिवाना र १ महिना कैद हुने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण