सुदूरपश्चिम प्रदेश : ओली पक्षको अनुपस्थितिमा एमाले संसदीय दलको विधान पारित
कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक ले विधान पास गरेको छ । विधान पास गर्दा केपी ओली पक्षका सांसदहरुको उपस्थिति थिएन । खनाल–नेपाल पक्षका २० सांसदहरुको उपस्थितिमा नेकपा एमाले संसदीय दलको कार्यालयमा ‘नेकपा एमाले संसदीय दलको विधान २०७८’ पास गरिएको हो ।
नेकपा एमालेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रस्तुत गरेको सो विधानलाई नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले दिएको सुझावसहित पास गरिएको संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले रातोपाटीलाई जानकारी दिए । विधानसँगै सुदूरपश्चिममा बढदै गरेको कोरोना रोकथाम र उपायका बारेमा समेत छलफल गरिएको प्रदेशसभा सदस्य दीर्घ सोडारीले बताए ।
यता केपी पक्षका सांसदहरुले भने आफूहरुलाई जानकारी नै नदिइ एकलौटी रुपमा विधान पास गर्नु गलत भएको बताएका छन् । ओली पक्षका सांसद एवम् जिल्ला अध्यक्ष रतन थापाले विधान पास गरेको प्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘हामीहरूको उपस्थितिबिना पास गरिएको विधानको कुनै औचित्य छैन ।’ ओली पक्षका सांसद पठान सिह बोहोराले यो अनुशासनविपरित काम भएको बताए । सुदूरपश्चिम प्रदेश सरकारमा केपी पक्षका ५ जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण