कर्णालीमा मङ्गलबार सार्वजनिक बिदा
आइतबार, ०५ वैशाख २०७८, १२ : ५६
सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दसैँका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दसैँ) को अवसरमा वैशाख ७ गते (मङ्गलबार)का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिने नगरे पनि कर्णाली प्रदेश सरकारले भने सार्वजनिक बिदा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण