कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
आइतबार, ०५ वैशाख २०७८, १८ : ३६
कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढालाई शपथ गराएका हुन् ।
शुक्रबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेको माधव नेपाल समूहका तीन जना सांसदलाई शनिबार मन्त्रीमा नियुक्त गरिएको थियो ।
यस्तै प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भए पनि उनी भने मन्त्री बनेका छैनन् । उनीहरुलाई एमालेले भने पार्टीबाट निष्कासन गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण