कारागारभित्र कार्यालय सहयोगी मृत फेला
गुल्मी । जिल्ला कारागार गुल्मीमा मंगलबार बिहान कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले अन्दाजी ४४ वर्षीय कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे कारागार प्रमुखको कार्यकक्ष पछाडिको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
कारागार प्रमुख भेषराज पन्थका अनुसार कार्यालय सहयोगी पाण्डेको घर जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौर हो । उनी २०६३ सालदेखि कारागारमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।
उनी मंगलबार बिहान ८/९ बजेको बीचसम्म बगैँचामा सिञ्चाई गर्दै थिए । १० बजे पछाडि नाइलेनको डोरीमा झुन्डिएको अवस्थामा उनी फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।
उनको घरमा श्रीमती, एक छोरा र दुई छोरी रहेको बताइएको छ । परिवारका सदस्यहरुलाई बोलाइएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता
-
गण्डकीमा बहुवर्षे योजनाको चाप, सरकारै पिच्छे थपिन्छन् अर्बौंका दायित्व
-
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ५ बजे, को–को बन्दैछन् मन्त्री ?
-
लुम्बिनी प्रदेशमा झण्डै ३० अर्बको बजेट आउने अनुमान
-
हैदराबादले लखनउलाई हराउँदा कुन-कुन रेकर्ड तोडियो ?
-
अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रको सुझाव