विद्युत प्राधिकरणले मातहतका कार्यालयलाई भन्यो– आलोपालो गरेर ड्युटी गर्नु
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरणले संक्रमण उच्च भएका जिल्लाहरुमा कम्तीमा ५० प्रतिशत कर्मचारीलाई आलोपालो समय मिलाइ ड्युटी गराउन मातहतका निकायलाई परिपत्र गरेको छ ।
प्राधिकरणले कार्यालय प्रमुखले सिफ्ट ड्युटी, नो लाइट, मिटर, सिकायत र मर्मत सम्भारमा खटाइने कर्मचारीहरुको वैकल्पिक व्यवस्थासहितको अलग्गै सूची बनाइ तदनुसार ड्युटीमा खटाउन निर्देशन दिएको छ । भार प्रेषण केन्द्र, वितरण केन्द्र र ग्रिड सव स्टेशनका कार्यालय प्रमुखले सिफ्ट ड्युटी, नो लाइट, मिटर, सिकायत र मर्मत सम्भारमा आवश्यकता अनुसारका कर्मचारीहरुलाई खटाउने र त्यस्ता कर्मचारीले पूर्व जानकारी गरिएका स्वास्थ्य सुरक्षा सम्बन्धी सूचनाको पालना गर्दै खटिन भनेको छ ।
कार्यालय समयभित्र उपस्थिति जनाउन कम्तीमा एकपटक हाजिरी गर्न भनिएको छ । बढी जनसम्पर्क हुने कार्यमा खटिने कर्मचारीहरुलाई विशेष सुरक्षा तथा सतर्कता अपनाइ काम गर्न, एकद्वार प्रणालीमार्फत ग्राहक एवम अन्य सरोकारवाला पक्षसँग सम्पर्क गर्ने, विद्युतको माग बढ्न सक्ने देखिएकोले आपूर्तिलाई नियमित भरपर्दो र सुरक्षित व्यवस्था मिलाउन समेत परिपत्रमा भनेको छ । विद्युत महसुल अनलाइन भुक्तानीमार्फत गर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण