शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना बिरामीको अवस्थामा बुझ्न मुख्यमन्त्री शाही अस्पतालमा

शुक्रबार, १७ वैशाख २०७८, २२ : १७
शुक्रबार, १७ वैशाख २०७८

सुर्खेत । पछिल्लो समय कर्णालीमा पनि कोरोनाको अवस्था भयावह बन्दै गएको छ ।  दैनिक सयौँ कोरोनाका बिरामी थपिनुका साथै दैनिक मान्छेको मृत्यु भइरहेको अवस्था छ ।  कर्णालीमा कोरोनाको अवस्था भयावह बन्दै गएपछि प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार साँझ बिरामी भेट्न अस्पतालमै पुगेका छन् । उनले प्रदेश अस्पताल सुर्खेत पुगेर कोभिड संक्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा जानकारी लिए । उनले अनुगमन पश्चात उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।  

शाहीले कोभिड आइसोलेशन वार्डको निरीक्षण गर्नुका साथै अस्पतालका निर्देशक डा.डम्बर खड्का र कोरोना फोकल पर्सन डा.के एन पौडेलसँग छलफल समेत गरे । साथै उनले कोभिड उपचारका लागि अग्रभागमा रही सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूको गुनासो एवं समस्याहरूको पनि जानकारी लिएका छन् ।   मन्त्रिपरिषद बैठक पश्चात आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित मुख्यमन्त्री शाही  प्रदेश अस्पताल पुगेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप