कोरोना बिरामीको अवस्थामा बुझ्न मुख्यमन्त्री शाही अस्पतालमा
सुर्खेत । पछिल्लो समय कर्णालीमा पनि कोरोनाको अवस्था भयावह बन्दै गएको छ । दैनिक सयौँ कोरोनाका बिरामी थपिनुका साथै दैनिक मान्छेको मृत्यु भइरहेको अवस्था छ । कर्णालीमा कोरोनाको अवस्था भयावह बन्दै गएपछि प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार साँझ बिरामी भेट्न अस्पतालमै पुगेका छन् । उनले प्रदेश अस्पताल सुर्खेत पुगेर कोभिड संक्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा जानकारी लिए । उनले अनुगमन पश्चात उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।

शाहीले कोभिड आइसोलेशन वार्डको निरीक्षण गर्नुका साथै अस्पतालका निर्देशक डा.डम्बर खड्का र कोरोना फोकल पर्सन डा.के एन पौडेलसँग छलफल समेत गरे । साथै उनले कोभिड उपचारका लागि अग्रभागमा रही सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूको गुनासो एवं समस्याहरूको पनि जानकारी लिएका छन् । मन्त्रिपरिषद बैठक पश्चात आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित मुख्यमन्त्री शाही प्रदेश अस्पताल पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण