अब सिटी एक्सप्रेस अस्ट्रेलियाबाट रकम पठाउँदा शुल्क नलाग्ने, ३० मिनेट मै ग्राहकको हातमा
आइतबार, १९ वैशाख २०७८, १४ : ४३
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाले नेपालमा पुनः देखिएको कोभिड—१९ का कारण अस्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकले रकम पठाउँदा नेपालभरी रहेका जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ । रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाको वेब साइटबाट पठाउन सकिने कम्पनीले जनाएको छ ।
कोभिड—१९ को यस परिस्थितिमा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकहरुलाई केहि अत्यावश्यक सुविधा दिने सोचले यो योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाका डाइरेक्टर समिप कटुवालले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण