सेनाको टोलीद्वारा आमादब्लम हिमालको सफल आरोहण
बिहीबार, ३० वैशाख २०७८, २२ : ०८
काठमाडौं । नेपाली सेनाका सहसेनानी अर्जुन खत्री, हुद्दा प्रकाश कार्की र प्युठ सन्तोष गुरुङसहित फुरी ग्याल्जेन शेर्पा र पासाङ तेन्जी शेर्पाको टोलीले आमादब्लम हिमाल आरोहण गरेको छ । आरोहण टोली बुधबार राति आमादब्लमको क्याम्प सेकेन्डबाट हिमालको चुचुरोतर्फ प्रस्थान गरेको थियो ।
‘सफा हिमाल अभियान–२०२१’ का दौरानसँगै क्याम्पको फोहोर सफा गर्ने क्रममा उक्त टोली ६ हजार ८ सय १२ मिट अग्लो हिमालको चुचुरोमा पुगेको हो । सेनाका अनुसार वैशाख १२ गतेबाट सगरमाथासहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यले यो अभियान थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण