जेठ २ मा फर्किएर समस्या समाधान खोज्ने सहमति भयो: गोकर्ण विष्ट
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच २०७५ जेठ २ मा फर्किएर पार्टीभित्र देखापरेका समस्याको समाधान खोज्ने सहमति भएको छ । शुक्रबार साँझ सिंहदरबारमा भएको छलफलमा नेताहरुबीच उक्त सहमति भएको हो । एमाले नेता गोकर्ण विष्टले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसहित अन्य नेताहरुबीचको छलफलमा सो सहमति भएको बताएका छन् ।
नेता विष्टले छलफल सकिएलगत्तै सामाजिक सञ्जालमार्फत नेताहरुबीचको छलफलमा २०७५ जेठ २ मा फर्किएर पार्टीभित्र देखापरेका समस्याको समाधान खोज्ने सहमति भएको जनाएका छन् । विष्टले लेखेका छन्- ‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधवकुमार नेपालसहित अन्य नेताहरुबीचको आजको छलफलमा २०७५ जेठ २ मा फर्किएर पार्टीभित्र देखापरेका समस्याको समाधान खोज्ने सहमति भयो ।’ झण्डै तीन घण्टा बसेको बैठकमा माधव पक्षले तीन एजेण्डा पेश गरेका थिए । माधव पक्षका एजेण्डामा ओली पनि सकारात्मक रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण