दार्शनिक प्लेटोका केही भनाइ

१, आफैमाथि विजय पाउनु नै सही विजय हो । अन्यथा विजयको कुनै अर्थ छैन । संसारै विजय गरे पनि अधुरो र अपूरो नै भइन्छ ।
२, विद्वान् र मूर्खमा यही फरक छ । विद्वान्हरू कसैलाई केही दिनका लागि बोल्छन् । उनीहरूका प्रत्येक बोलीले केही न केही दिरहेका हुन्छन् तर मूर्खहरू केबल बोल्नका लागि मात्र बोल्छन् ।
३, बिना प्रेम कसैसँग पनि मित्रता हुँदैन, हुनै सक्दैन । कसैले गरेको छ भने वा गरेको छु भन्छ भने मात्र त्यहाँ अभिनय भइरहेको हुन्छ ।
४, मानिसको व्यवहार तीन कुराले निर्धारण गरेको हुन्छ, जसमा चाहना, भावना र जानकारी पर्छन् ।
५, सोच्नुको अर्थ आत्माले आफैँसित वार्तालाप गर्नु हो । जति बढी आत्माको आफैँसगको वार्ता घनीभूत हुन्छ त्यति नै महत्वपूर्ण कुरा निसृत हुन्छ ।
६, राम्रो व्यवहार नै जीवनको मूलभूत शर्त हो । यसले सर्वप्रथम आफैँलाई शक्तिवान् बनाउँछ । दोस्रो कुरा अरुलाई पनि त्यस्तै गर्न सिकाउँछ । अन्यथा जीवन रुखो, फोस्रो र बेकार हुन पुग्छ ।
७, कुनै पनि राम्रो निर्णय उसको जानकारीमा निर्भर गर्छ, आँकडा र सङ्ख्यामा होइन । जसले जति जानेको छ निर्णय त्यस्तै हुने हो । यहाँ आँकडा र सङ्ख्याको कुनै अर्थ छैन ।
८, भौतिक सम्पत्ति मात्र सम्पत्ति होइन । कम चीजका साथ जिउनु वा जिउन सक्नु नै सबैभन्दा ठूलो सम्पत्ति हो ।
९, अघि बढ्ने मानिसमा पछि हट्ने कला पनि हुनुपर्छ । प्रकृतिले यी दुई शक्ति यसैका लागि दिएको हो, जो उसैको साथमा हुन्छ ।
१०, शरीरको चिन्ता गर्नु राम्रो हो, गर्नुपर्छ तर हरेक समय यसैको चिन्ता गर्नु भने राम्रो होइन । किनकि जीवनको सबैभन्दा बढी रोकावट भनेकै यही हो । यहीँबाट रोकावटको अध्याय सुरू हुन्छ ।
स्रोत इन्टरनेट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रलाई विष्णु रिमालको सुझाव : सजग रहनुहोला, बिजुली गयो भन्ने ‘न्यारेटिभ’ बनाइँदै छ !
-
सांसद राईको प्रश्न : झ्याप झ्याप्ती बत्ती जानु सरकारको आयुको सङ्केत हो ?
-
संसद्मा उठ्यो पोलमा करेन्ट लागेर मृत्यु भएको विषय
-
सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो : सांसद शाही
-
सामाजिक सुरक्षा कोषमा अर्बौं रकम जम्मा, वैदेशिक रोजगारीमा जानेहरु धेरै आवद्ध
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २४ अर्ब निक्षेप उठाउँदै