आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

हितेन्द्रलाई विष्णु रिमालको सुझाव : सजग रहनुहोला, बिजुली गयो भन्ने ‘न्यारेटिभ’ बनाइँदै छ !

आइतबार, ०४ जेठ २०८२, १६ : ००
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यलाई सचेत रहन सुझाव दिएका छन्।
  • रिमालले सामाजिक सञ्जालमा 'बिजुली गयो' भन्ने न्यारेटिभ बनाउन थालिएको भन्दै प्राधिकरणलाई प्रगतिमा पुर्‍याउन इमान्दार रहन आग्रह गरे।
  • रिमालले बिजुली ल्याउने देवता खडा गर्ने र न्यारेटिभको अँध्यारो छायामुनि आफ्नो स्वार्थ सिद्ध गर्ने गिरोह सक्रिय रहेको बताए।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत् प्राधिकरका निर्देशक हितेन्द्रदेव शाक्यलाई सजग रहन सुझाव दिएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्ट्याटस लेख्दै रिमालले बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाउन थालिएको भन्दै शाक्यलाई सजग रहन सुझाव दिएका हुन् ।

‘तपाईँ नेपाल विद्युत् प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईँ काबिल हुनुहुन्छ । प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा इमानदार पनि हुनुहुन्छ । तर सजग रहनुहोला, बलेको बत्ती मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ’, रिमालले भनेका छन् । 

रिमालले बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज रहेको भन्दै यस्तो देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा भएको पनि बताएका छन् ।

 ‘तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छाया मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ’, रिमालको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप