हितेन्द्रलाई विष्णु रिमालको सुझाव : सजग रहनुहोला, बिजुली गयो भन्ने ‘न्यारेटिभ’ बनाइँदै छ !
सारांश
- प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यलाई सचेत रहन सुझाव दिएका छन्।
- रिमालले सामाजिक सञ्जालमा 'बिजुली गयो' भन्ने न्यारेटिभ बनाउन थालिएको भन्दै प्राधिकरणलाई प्रगतिमा पुर्याउन इमान्दार रहन आग्रह गरे।
- रिमालले बिजुली ल्याउने देवता खडा गर्ने र न्यारेटिभको अँध्यारो छायामुनि आफ्नो स्वार्थ सिद्ध गर्ने गिरोह सक्रिय रहेको बताए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत् प्राधिकरका निर्देशक हितेन्द्रदेव शाक्यलाई सजग रहन सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्ट्याटस लेख्दै रिमालले बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाउन थालिएको भन्दै शाक्यलाई सजग रहन सुझाव दिएका हुन् ।
‘तपाईँ नेपाल विद्युत् प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईँ काबिल हुनुहुन्छ । प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा इमानदार पनि हुनुहुन्छ । तर सजग रहनुहोला, बलेको बत्ती मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ’, रिमालले भनेका छन् ।
रिमालले बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज रहेको भन्दै यस्तो देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा भएको पनि बताएका छन् ।
‘तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छाया मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ’, रिमालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण