राजनीति
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
शनिबार, ०३ जेठ २०८२, १६ : ००
सारांश
- लमजुङमा तरुण दलको अधिवेशनमा विवाद हुँदा खुकुरी प्रहार भएको छ।
- अधिवेशन रोक्ने प्रयास भएपछि दुई समूहबीच झडप भएको थियो, जसमा तीन जना घाइते भए।
- घटनाका कारण लमजुङमा केही दिनदेखि तरुण दलका सदस्यहरूबीचको विवाद हो।
पोखरा । तरुण दल लमजुङको अधिवेशनका क्रममा खुकुरी प्रहार भएको छ । सदरमुकाममा अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेपछि स्थिति असामान्य बनेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
‘कार्यक्रम सुरु भएपछि बाहिरबाट एक टोली आएर बिथोल्यो । भित्र कार्यक्रम गरिरहेको टोलीले प्रतिवाद गर्यो,’ ती सहभागीले भने, ‘त्यसपछि स्थिति तनावपूर्ण बन्यो । बाहिर निस्केपछि खुकुरी हानिएको छ ।’
अधिवेशनलाई लिएर केही दिनदेखि लमजुङमा तरुणहरूबिच विवाद भइरहेको थियो । घटनामा तीन जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण