राजनीति
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
शनिबार, ०३ जेठ २०८२, १६ : ००

समाचार सारांश
- लमजुङमा तरुण दलको अधिवेशनमा विवाद हुँदा खुकुरी प्रहार भएको छ।
- अधिवेशन रोक्ने प्रयास भएपछि दुई समूहबीच झडप भएको थियो, जसमा तीन जना घाइते भए।
- घटनाका कारण लमजुङमा केही दिनदेखि तरुण दलका सदस्यहरूबीचको विवाद हो।
पोखरा । तरुण दल लमजुङको अधिवेशनका क्रममा खुकुरी प्रहार भएको छ । सदरमुकाममा अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेपछि स्थिति असामान्य बनेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
‘कार्यक्रम सुरु भएपछि बाहिरबाट एक टोली आएर बिथोल्यो । भित्र कार्यक्रम गरिरहेको टोलीले प्रतिवाद गर्यो,’ ती सहभागीले भने, ‘त्यसपछि स्थिति तनावपूर्ण बन्यो । बाहिर निस्केपछि खुकुरी हानिएको छ ।’
अधिवेशनलाई लिएर केही दिनदेखि लमजुङमा तरुणहरूबिच विवाद भइरहेको थियो । घटनामा तीन जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा