संसद्मा उठ्यो पोलमा करेन्ट लागेर मृत्यु भएको विषय
आइतबार, ०४ जेठ २०८२, ११ : ३१

समाचार सारांश
- प्रतिनिधिसभा बैठकमा विद्युत पोलमा काम गर्दा करेन्ट लागेर मृत्यु भएको विषय उठेकाे छ।
- सांसदहरूले सर्लाहीका उपेश नेपालीको धुलिखेलमा करेन्ट लागेर मृत्यु भएको घटनाबारे छानबिनको माग गरेका छन् ।
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु भएको विषय उठेको छ । प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका उपेश नेपालीको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विषय उठाएका हुन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा काभ्रेका सांसद सूर्यमान दोङ तामाङ, शिव नेपाली, सहराज अहमत फारुकी पोलमा करेन्ट लागेर मृत्यु भएको विषयमा छानबिन गर्न माग गरे । उनीहरूले यो घटना मृत्यु भएको नभई हत्या भएको बताउँदै छानबिन गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह