आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो : सांसद शाही

आइतबार, ०४ जेठ २०८२, ११ : २५
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेको विषयमा पार्टी निकट युवक सङ्गठनका अध्यक्ष सुजित केसीलाई जेल हालेको बताए।
  • सांसद शाहीले केसीलाई जेल हाल्ने कार्य संविधानको धारा २७० विपरीत रहेको भन्दै प्रधानमन्त्री र गृहमन्त्री संविधानभन्दा माथि हुन् कि भनी प्रश्न गरे।
  • उनले संविधानअनुसार चल्न र धारा परिवर्तन गर्नुपर्ने अवस्था आए परिवर्तन गर्न आग्रह गरे।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेकै कारण पार्टी निकट प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष सुजित केसीलाई सरकारले जेल हालेको बताएका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले उनलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको बताए । उनले संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो भन्ने प्रश्न पनि गरे ।

 ‘नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो । होइन भने उहाँहरूले किन धारा २७० विरुद्ध काम गरिरहनुभएको छ ?,’ सांसद शाहीले भने । 

उनले संविधानअनुरुप चल्न र त्यो धाराले काम गर्न अप्ठ्यारो भएको भए परिवर्तन गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप