सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो : सांसद शाही
आइतबार, ०४ जेठ २०८२, ११ : २५
सारांश
- राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेको विषयमा पार्टी निकट युवक सङ्गठनका अध्यक्ष सुजित केसीलाई जेल हालेको बताए।
- सांसद शाहीले केसीलाई जेल हाल्ने कार्य संविधानको धारा २७० विपरीत रहेको भन्दै प्रधानमन्त्री र गृहमन्त्री संविधानभन्दा माथि हुन् कि भनी प्रश्न गरे।
- उनले संविधानअनुसार चल्न र धारा परिवर्तन गर्नुपर्ने अवस्था आए परिवर्तन गर्न आग्रह गरे।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेकै कारण पार्टी निकट प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष सुजित केसीलाई सरकारले जेल हालेको बताएका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले उनलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको बताए । उनले संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो भन्ने प्रश्न पनि गरे ।
‘नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो । होइन भने उहाँहरूले किन धारा २७० विरुद्ध काम गरिरहनुभएको छ ?,’ सांसद शाहीले भने ।
उनले संविधानअनुरुप चल्न र त्यो धाराले काम गर्न अप्ठ्यारो भएको भए परिवर्तन गर्न आग्रह गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण