रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
सारांश
- आमाको स्वास्थ्य कमजोर भएपछि रेशम चौधरीले आमालाई 'राजनीति छोडिदिऊँ आमा?' भनी सोधेकाे खुलासा गरेका छन् ।
- आमाले थारु समुदायको बिजोग हुने भन्दै राजनीति नछाड्न आग्रह गरेपछि चौधरीले आफ्नो विचार परिवर्तन गरेकाे बताएका छन् ।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्नी आमाको उपचारका क्रममा राजनीति त्याग्नेबारे सोचेको खुलासा गरेका छन् । आमाको स्वास्थ्य कमजोर भएपछि भावुक बनेका चौधरीले आमासँग सोधे– ‘राजनीति छोडिदिऊँ आमा ?’
रेशम चौधरी आफ्नी आमाको उपचारका लागि नेपालगन्ज पुगेका थिए । त्यसअघि काठमाडौँबाट फर्केका दिन उनलाई आमाको फोन आएको थियो । रेशम चौधरीले आफ्नो फेसबुकमा लेखेका छन्– ‘छोरा, मलाई रिँगटा लागिरहन्छ, उपचार गराउन नेपालगन्ज लान्छौ ?’ आमाले आग्रह गरेपछि चौधरीले तुरुन्तै उनलाई लिएर जिल्ला अस्पताल बर्दिया लगे ।

अस्पतालमा परीक्षण भइरहँदा आमाले चिकित्सकसँग भावुक हुँदै भनिन्– ‘म बिरामी होइन डा.साप । मेरो छोरा रेशमलाई पुलिसले समातेर जेल पुर्याएको रातदेखि म सुत्न सकेकी छैन । मेरो निर्दोष छोरालाई किन पटक–पटक समातेर जेल लान्छन् हँ ?’
चिकित्सकले आमालाई सान्त्वना दिँदै भने– ‘अब लान्नन् ।’ तर आमाको थकित अनुहार र कमजोर अवस्था देखेर रेशम चौधरी दिनभर मनमा राजनीतिको भविष्यबारे घोत्लिए । साँझको खाना खाँदै गर्दा आमासँग सोधे–‘राजनीति छोडिदिऊँ आमा ?’
आमाले केही क्षणको मौनतापछि जवाफ दिइन्– ‘तैँले राजनीति छोडे हामी सबै थारुहरूको बिजोग हुन्छ बा । अब त झन् छोड्नुहुन्न ।’ रेशम चौधरीले आमाले त्यसपछि जुन शब्द बोलेकी थिइन् त्यसलाई आफूले शब्दमा उतार्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण