आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

सांसद राईको प्रश्न : झ्याप झ्याप्ती बत्ती जानु सरकारको आयुको सङ्केत हो ?

आइतबार, ०४ जेठ २०८२, ११ : ३८
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सरकारको आयु छोटिएको संकेत गर्दै बत्ती जाने समस्याबारे प्रश्न गरेकी छन्।
  • सांसद राईले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पछिल्लो समय लाइन काटिएको विषयलाई सरकारको आयुसँग तुलना गरेकी हुन् ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले पछिल्लो समय झ्याप झ्याप्प बत्ती जाने सरकारको आयुको सङ्केत हो भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राईले पछिल्लो समय लाइन काटिएको विषय उठाउँदै सरकारको आयुको सङ्केतसँग तुलना गरेकी हुन् । 

उनले माओवादीले सुरु गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको सफलताको शुभकामना समेत व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप