आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २४ अर्ब निक्षेप उठाउँदै

आइतबार, ०४ जेठ २०८२, ११ : १७
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ उठाउने भएको छ।
  • राष्ट्र बैंकले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार २४ अर्ब रुपैयाँ तान्ने भएको छ । पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर रुपमा निक्षेप रकम उठाइरहेको छ । 

राष्ट्र बैंकले २१ दिनका लागि आइतबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैंक तथा वित्तिय संस्थाहरुले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । 

राष्ट्र बैंकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी जेठ २५ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।

बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप