एक सातामै कंगनाले जितिन् कोरोना
मुम्बई । अभिनेत्री कंगना रनौतले कोरोना जितेकी छन् । उनले एक सातामा कोरोना जितेकी हुन् । आफुले कोरोना जितेको इन्स्टाग्राममा एक स्टोरीमा पोष्ट गर्दै जानकारी दिएकी छन् । कंगनालाई गत मे ८ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएपछि उनले आफुलाई क्वारेन्टाइन गरेकी थिइन् ।
कंगनाले इन्स्टाग्राममा लेखेकी छन्–‘आज म कोभिड नेगेटिभ भएकी छु । यो भाइरसलाई मैले कसरी हराए भन्ने विषयमा धेरै भन्न चाहान्छु । तर मलाई कोडि फ्यान क्लबले परिधिमा रहन भनेको छ ।’
८ मेमा कोभिड पोजिटिभ भएको बताएकी कंगनाले उक्त समय शिव लिंगको नजिक ध्यान गरेको मुद्रामा आफ्नो तस्बिर सार्वजनिक गरेकी थिइन् ।
कामको कुरा गर्ने हो भने कंगना छिट्टै फिल्म ‘थलाइवी’ मा देखिँदैछिन् । फिल्म अप्रिलमा रिलिज हुने तरखरमा थियो । कोरोनाको कहरका कारण रिलिज रोकियो । यसको अलवा उनी ‘तेजस’ र ‘धाकड’ जस्ता फिल्ममा पनि देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण