गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार, पुरानै मन्त्री दोहोरिए
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल बिस्तार गरेका छन् । संसदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले एक साता पछि मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई पुनः नियुक्त गरेका छन् । उनले आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङलाई बनाएका छन् भने रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन मन्त्री बनेका छन् । उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिन बाँकी रहेको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार पथ तथा गोपनीयताको शपथ दिलाएकी छिन् ।
मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे) पनि नियुक्त भएका छन् । तर उनी शपथमा सहभागी भएनन् । उनी काठमाडौं भएकाले आउन नपाएको बताइएको छ ।
नवगठित मन्त्रिपरिषदमा यसअघिको मन्त्रिमण्डलमा जिम्मेवारी लिएका पुरानै अनुहारहरू दोहरिएका छन्। मुख्यमन्त्री गुरुङले प्रि–बजेटको तयारी थाल्नका लागि भौतिक र अर्थमन्त्री मात्रै नियुक्ति गर्ने योजना बनाएको भएपनि पार्टीका नेताहरूसँगको छलफलपछि पुरानै मन्त्रीलाई पुनः मन्त्रीमा नियुक्त गरेका हुन् ।
सुरुमा प्रि–बजेटको तयारी थाल्ने मुख्यमन्त्रीले पूर्वमन्त्रीत्रय रामशरण बस्नेत, किरण गुरुङ र राजीव गुरुङ ‘दीपक मनाङे’ लाई मात्र दोहो¥याउने अडान लिएका थिए । तर,पार्टीमा असन्तुष्टि बढेपछि पुराना सवै मन्त्रीलाई दोहोर्याउन उनी सहमत भएका हुन ।
वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गने पुनः नियुक्त भएका थिए । मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण भएपछि मन्त्रिमण्डल विस्तार हुन नसक्दा बजेट, नीति तथा कार्यक्रम प्रभावित हुदै गएका थिए । आगामी असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता प्रदेश सरकारलाई छ । अर्थमन्त्री नहुँदा बजेट निर्माणको काम पनि प्रभावित भएका छन् ।
मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय समेत थप्ने भएका छन् । सत्ता टिकाउनका लागि सामाजिक विकास मन्त्रालय फुटाएर राजीव गुरुङ (दीपक मनाङे) लाई खेलकुद मन्त्री बनाएका गुरुङले कम्तीमा १० वटा मन्त्रालय बनाउने भएका छन् । हाल प्रदेशमा ८ मन्त्रालय छन् ।
सामाजिक विकास मन्त्रालय फुटाएका मुख्यमन्त्री गुरुङले अब पार्टीमा भागबण्डा मिलाउन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर कम्तीमा १० वटा मन्त्रालय पु¥याउन लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
-
हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा लग्जरी कर उपयुक्त छैन : गगन थापा
-
ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
-
विजय गच्छदारले भने, ‘सिध्याइदिने अरे...’
-
यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण