आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह

आइतबार, ३१ जेठ २०८३, १७ : ४४
आइतबार, ३१ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले आफूहरूले सरकार बनाएको भए पनि देश बनाउन बाँकी रहेको बताएका छन् ।
  • उनले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा देश र पार्टी दुवैलाई जिताउने गरी नेतृत्व चयन गर्न निर्देशन दिए ।
  • महामन्त्री शाहले कर्णालीभित्र पनि अर्को कर्णाली रहेकाले त्यसलाई बिर्सन नहुने बताए ।

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले देश बनाउन बाँकी नै रहेको बताएका छन् । रास्वपाले अहिले सरकार बनाएको उल्लेख गर्दै देश बनाउन बाँकी रहेको उनले बताए ।

‘हामीले सरकार बनाएका  मात्र हौँ, देश बनाउन बाँकी छ,’ आइतबार वीरेन्द्रनगरमा आयोजित रास्वपा कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै शाहले भने, ‘हामीले चुनाव जितेको मात्र हो, पार्टी बनाउन बाँकी छ ।’

रास्वपाको यो अधिवेशनबाट आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा देश र पार्टी दुवैलाई जिताउने गरी नेतृत्व चयन गर्न शाहले निर्देशन दिए । 

महामन्त्री शाहले कर्णालीभित्र पनि अर्को कर्णाली रहेकाले त्यसलाई बिर्सन नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप