कपिलवस्तुमा पाण्डेलाई गोली हानेको आरोपमा जसपाका जिल्ला सदस्य पक्राउ
काठमाडौं । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेलाई गोली हानेको आरोपमा प्रहरीले जसपाका जिल्ला नेतालाई पक्रेको छ । कपिलवस्तु नगरपालिका–१ घर भएका ३९ वर्षीय ओमप्रकाश यादवसहित २ जनालाई पक्राउ गरिएको जिप्रका कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले रातोपाटीलाई बताए । ओमप्रकाश जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला समिति सदस्य हुन् । उनीसँगै प्रहरीले ३३ वर्षीय साकिर अलि पाखियालाई पनि पक्राउ गरेको छ ।
जेठ ५ मा राती उनीहरुले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका थिए । गोली लागेर घाइते भएका कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमानको उपचार भइरहेको छ ।
दिपक पाण्डेसहित ३ जना लु.९ प. ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोला बाट तौलिहवातिर आउँदै थिए । भारत घर भएका वर्ष ३६ को मोहम्मद इसाद खानले मोटरसाइकल चलाएका थिए । उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले पेस्तोलबाट ३ राउण्ड गोली हानेर भागेका थिए । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।
दिपक पाण्डेलाई उपचारका लागी भैरहवा मेडिकल कजेलमा राखिएको छ । उनको ढाड र पेटमा गोली लागेको छ । ओमप्रकाश र दिपक पाण्डेको बीचमा व्यक्तिगत दुस्मनी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण