ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर उद्योगमा अपराध महाशाखाको छापा
काठमाडौं । मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आशंकामा प्रहरीले ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर कम्पनीमा छापा मारेको छ । ‘आरसिपी इन्डष्ट्रिज पर्सा’को ब्यानरमा ‘७५ प्लस’ नामको सेनिटाइजर उत्पादन गर्ने कारखानामा छापा मारिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।
महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले इमाडोलस्थित सितल हाइटमा रहेको सो कारखानामा छापा मारेको हो । ‘७५ प्लस’ नामको सो सेनिटाइजर मानव शरीरका लागि अत्यन्त हानिकारक ‘मिथानोल’ नामक रसायन मिसाएको थाहा भएको छ ।
‘ल्यावमा परिक्षण गर्दा हानिकारक रसायन मिसिएको देखिएको छ’ एसएसपी खापुङले रातोपाटीसँग भने– ‘सो कम्पनीका अन्य डिलरमा पनि छापा मारेका छौं ।’ डिलरमा ठुलो परिमाणमा हानिकारक सेनिटाइजर फेला परेको छ । उद्योग संचालक आशिष प्याकुरेललाई महाशाखाको टोलीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण