बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर उद्योगमा अपराध महाशाखाको छापा

आइतबार, ०९ जेठ २०७८, १६ : ०७
आइतबार, ०९ जेठ २०७८

काठमाडौं । मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आशंकामा प्रहरीले ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर कम्पनीमा छापा मारेको छ । ‘आरसिपी इन्डष्ट्रिज पर्सा’को ब्यानरमा ‘७५ प्लस’ नामको सेनिटाइजर उत्पादन गर्ने कारखानामा छापा मारिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।

महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले इमाडोलस्थित सितल हाइटमा रहेको सो कारखानामा छापा मारेको हो । ‘७५ प्लस’ नामको सो सेनिटाइजर मानव शरीरका लागि अत्यन्त हानिकारक ‘मिथानोल’ नामक रसायन मिसाएको थाहा भएको छ ।

‘ल्यावमा परिक्षण गर्दा हानिकारक रसायन मिसिएको देखिएको छ’ एसएसपी खापुङले रातोपाटीसँग भने– ‘सो कम्पनीका अन्य डिलरमा पनि छापा मारेका छौं ।’ डिलरमा ठुलो परिमाणमा हानिकारक सेनिटाइजर फेला परेको छ । उद्योग संचालक आशिष प्याकुरेललाई महाशाखाको टोलीले पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप