कोरोना मुक्त भए जुनियर एनटीआर
मुम्बई । दक्षिण भारतीय (साउथ) फिल्मका सुपरस्टार जुनियर एनटीआर कोरोना मुक्त भएका छन् । सामाजिक सञ्जाल मार्फत अभिनेताले आफुले कोरोना जितेको जानकारी दिएका हुन् । ३८ वर्षीय एनटीआरले कोरोनासँगको युद्धमा सबैभन्दा ठुलो हतियार आफ्नो इच्छा शक्ति नै भएको समेत बताएका छन् ।
‘यो बताउँदा खुसी लागेको छ । किनभने मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘सबैको शुभकामनाका लागि हात जोडेर धन्यवाद ।’ उनले आफ्नो उपचारमा सक्रिय डाक्टर, अस्पतालका साथ जोडिएका सबैलाई समेत धन्यवाद दिएका छन् ।
कोरोना रोगलाई गम्भीर रोगको रुपमा लिन आग्रह गर्दै उनले राम्रो रेखदेख र सकारात्मक सोचले यसलाई जित्न सकिने बताए । उनले सर्वसाधारणलाई घरमै रहन र मास्क लगाउन समेत सुझाएका छन् । जुनियर एनटीआरले २००४ को तेलुगू फिल्म ‘आदि’ बाट अभिनयमा डेब्यु गरेका थिए । फिल्म यो वर्षको सबैभन्दा बढी कमाउने फिल्ममा पर्दछ ।
उनी छिट्टै एमएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’मा देखिँदैछन् । फिल्ममा आलिया भट्ट, रामचरण र अजय देवगनको पनि मुख्य भूमिका रहेको छ । अभिनेता आफ्नो हरेक फिल्मका लागि १८ देखि २० करोड पारिश्रमिक लिने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण