राधेको रिभ्युबाट हैरान बनेका सलमानले हाले मानहानीको मुद्दा
बुधबार, १२ जेठ २०७८, १६ : १२
सलमान खानको फिल्म ‘राधे’ ले राम्रो प्रतिक्रिया पाइरहेको छैन । जसकारण सलमान आफैं हैरान छन् । र, सलमान खानको लिगल टिमले समीक्षक कमाल राशिद खान (केआरके) विरुद्ध मानहानीको मुद्दा दर्ता गराएको छ ।
केआरकेले आफैं ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । त्यस्तै, अब सलमानको कुनै पनि फिल्मको रिभ्यु नगर्ने घोषणा समेत केआरकेले गरेका छन् । उनले सलमानप्रति आक्रोश व्यक्त गर्दै भनेका छन्,‘तपाईले राम्रो फिल्म बनाउनुपर्ने थियो ।’
केही दिनअघि आफ्नो एक ट्वीटमा केआरकेले राधे फिल्मको जमेर आलोचना गरेका थिए । उनले भनेको थिए, ‘फिल्म राधेमा के खास छ, यो मलाई थाहा नै भएन ।’ उक्त फिल्म दुबईमा हेरेको र फिल्मको पहिलो हाफ हेरेलगत्तै आफुले रिभ्यु गरेको पनि उनले ट्वीटमा उल्लेख गरेका थिए । आफुलाई सलमान खानको टिम मन नपरेको पनि उनले समीक्षाका दौरान बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण