गायक मर्लिनलाई एक्स गर्लफ्रेण्डले लगाइन् बलात्कारको आरोप
एजेन्सी । हलिउड गायक मर्लिन मन्सन (ब्रायन वार्नर) लाई अहिलेसम्म थुप्रै बलात्कार तथा सेक्सुअल हेरेस्टमेन्टको आरोप लागिसकेको छ । अहिले फेरि जेन डो नामक एक महिलाले उनलाई बलात्कारको आरोप लगाएकी छन् ।
मर्लिनसँग आफु १० वर्ष डेटमा रहेको र २०११ मा मर्लिनले कयौं पटक आफ्नो बलात्कार गरेका ती महिलाले दाबी गरेकी छन् । उनले बलात्कारको समय अन्य महिलालाई बलात्कार गरेको भिडियो समेत देखाएको बताएकी छन् ।
‘गायकले ज्यान मार्ने धम्की दिएर सेक्सका लागि बाध्य बनाएका थिए’ ती महिलाले भनिन्– ‘पछि उनको घरको साँचो फर्काउन गएको थिए । सो समय पनि ज्यान मार्ने धम्की दिएर बलात्कार गरे ।’
यी महिला अगाडि मर्लिनलाई उनकी पूर्व केही असिस्टेन्ट सहित १५ महिलाले यस्तो आरोप लगाएका छन् । लस एन्जलस पुलिसले आरोपको बिषयमा अनुसन्धान गरिरहेको छ । मर्लिनले भने सबै आरोप गलत भएको बताउदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण